NRNA-NCC Activities

Executive Committee: 2021-23

Executive Committee: 2021-23

यदुराम पन्थी: अध्यक्ष
एन्जिला सिंह छेत्री: वरिष्ठ महिला उपाध्यक्ष
गोपाल बस्नेत: उपाध्यक्ष
अनिल लामा: उपाध्यक्ष
पूर्ण बहादुर बोहोरा: उपाध्यक्ष
आर्जना खड्का: महिला उपाध्यक्ष
उत्तम कुमार आचार्य: प्रवक्ता
गिरि प्रसाद कण्डेल: महासचिव
गौरव आचार्य: सचिव
विष्णु बहादुर रायमाझी: सचिव
अर्जुन जैसी: सचिव
सोनी डाँगी: सचिव
शोभा कोइराला: सचिव
सुजन तिम्सेना: कोषाध्यक्ष
नबिन न्यौपाने: सह-कोषाध्यक्ष

पवित्रा थापा मगर: महिला संयोजक
कृति भगत: महिला सह-संयोजक
सुजन देवकोटा: युवा संयोजक
दिल बहादुर बल: युवा सह-संयोजक
भेष राज पराजुली: सदस्य
सुशिल सुबेदी: सदस्य
केशव राज धिताल: सदस्य
दिनेश भण्डारी: सदस्य
बसु पन्त: सदस्य
बिशाल फुयाल: सदस्य
प्रतिक्षा बस्नेत: सदस्य
अन्जु उप्रेती: सदस्य
प्रतिक्षा बस्नेत: सदस्य

डा. यदुराम पन्थी
अध्यक्ष

डा. चिरञ्जीवी खड्का ICC सदस्य

डा. गिरि प्रसाद कण्डेल
महासचिव

2021-23 at a glance

NCC Czech स्थानीय सरकारमा दर्ता गरिएको छ, यसका लाभ के के छन ?

सबैभन्दा पहिले, संगठन दर्ता भएपछि, सम्बन्धित देशमा संगठनको पहिचान स्थापित हुन्छ । सम्बन्धित देशलाई सरकारसमक्ष परिचय गराउन र कानुनी अख्तियारीरसुरक्षा पाउन दर्ताको माध्यमबाट हुनुपर्छ। संस्थागत गतिविधि र वित्तीय लेखापरीक्षणको लागत अपरिहार्य हुन्छ । पहिलो सर्तमा संस्था दर्ता गरी प्रक्रिया पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । संस्था दर्ता गर्दा समयभित्र अनुशासित काम हुनेछ भन्ने ग्यारेन्टी दिएर संस्थाको निरन्तरता सुनिश्चित हुन्छ । व्यवहारिक रूपमा दर्ता निम्न कारणहरूको लागि महत्वपूर्ण छ ।

१. बैंक खाता खोल्ने र सञ्चालन र वित्तीय पारदर्शिता तथा लेखापरीक्षणका लागि ।
२. बिभिन्न प्रायोजनको लागि सम्बन्धित देशका बिभिन्न संस्थासग समन्वय गर्न ।
३. सरकारी संस्थानहरूले व्यक्तिलाई भन्दा बढी विश्वाश संस्थालाई गर्ने हुँदा ।
४. पूँजी वृद्धि र आर्थिक प्रायोजकहरू लिनको लागि ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं यूरोप क्षेत्रीय सम्मेलनको ब्यबस्थापन:

२०२३ मे महिनाको ५–७ मा चेक रिपब्लिकमा एनसीसी चेकले गैरआवासीय नेपाली संघ (आईसीसी) को १५औं युरोपीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने महत्वपूर्ण कार्य गर्यो। 'प्रगतिको लागि साझेदारी' भन्ने नाराका साथ सम्पन्न भएको सम्मेलनको लागि होटल बुकिङ, कार्यक्रम व्यवस्थापन, वित्तीय संकलन र युरोपमा अवस्थित एनआर एनका पदाधिकारीहरू र आईसीसी सदस्यहरूको समन्वय र समन्वय थियो। सम्मेलनमा गैरआवासीय नेपाली संघको नियमित मुद्दा बाहेक युरोपीय क्षेत्रमा रहेका नेपालीले भोग्नुपरेका समस्या र समाधानका विषयमा छलफल भयो। सम्मेलनमा नेपाल सरकारका परराष्ट्रमन्त्री, सांसदहरू, राजनीतिक दलका नेता, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकार संघका पदाधिकारीहरूको उपस्थिति रह्यो। उपरोक्त कार्यक्रममा नागरिकता, सामूहिक लगानी लगायतका विषयमा छलफल भयो।

For more information, visit:

मुख्य गतिविधीहरू:

PASSPORT नबिकरण तथा कन्सुलर सेवा सम्बन्धि घुम्ती शिबिर

चेक गणतन्त्रबाट प्रमाणपत्र लिन बर्लिनस्थित नेपाली राजदूतावासमा महामहिम रामकाजी खड्का आएका अवसरमा चेक गणतन्त्रमा रहेका नेपालीहरूको वास्तविक अवस्था, नेपाली विशेषगरी गरिब विद्यार्थी तथा कामदारहरूले भोग्नुपरेका समस्या, तिनीहरूको समाधान र नेपाली समुदायको विस्तार आदि विषयमा छलफल सम्पन्न भयो। सोही क्रममा, २०२२ असार ७–८ गते, ५२ जनाको विद्युतीय राहदानी नवीकरण भई विद्युतीय राहदानी र कन्सुलर सेवाको विषयमा भएको छलफलअनुसार वितरणको सम्पूर्ण कार्य सम्पन्न भएको थियो। त्यसैगरी, दोश्रो पटक घुम्ती सेवा मे ५–७, २०२३ मा प्रागमा सम्पन्न भयो र आवश्यक तथ्याङ्क सङ्कलन र व्यवस्थापनको सम्पूर्ण जिम्मा एनसीसी Cz ले लिएको थियो। Passport campaign सेवा उपलब्ध गराउन दूतावास टोली र व्यवस्थापनको सहयोगको लागि सबैलाई धन्यवाद।

युवा र महिलाको NRN मा आकर्षण र विश्वाशमा बृद्धि

NCC Cz को मुख्य उद्धेश्य सस्था प्रती सबैको समर्थनको अवस्था सिर्जना गर्नु हो। एनसीसी ले दुई पटक भव्य रुपमा युवा तथा महिला मैत्री कार्यक्रम सम्पन्न गर्‍यो । युवा खेल्कुद अन्तर्गत भएको दोश्रो NRNA sport league कार्यक्रममा १० भन्दा बढी फुटबल र ३ भलिबल टोलीको सहभागिता मा भब्य खेलहरु सम्पन्न भएका छन । त्यस्तै थुप्रै सास्कृतिक कार्यक्रम मार्फत चेक गणतन्त्रका विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरुमा सामाजिकीकरण, भाइचारा विकासमा सहयोग पुगेको छ। यसले विभिन्न कम्पनीमा काम गर्ने नेपालीहरुबिच सम्पर्क बढ्दै गएको छ र छोटो समयमा आफुलाई मन पर्ने र उपयुक्त जागिर परिवर्तन गर्ने अबसर प्राप्त भएको छ । साथै, NCC Cz ले नेपाली चाड्पर्व, विशेष गरी नेपाली नयाँ वर्ष, तीज र दशै मा नियमित गतिविधि गर्दै आएको छ । जसका कारण चेकमा रहेका कलाकारहरुले नेपाली संस्कृतिको जगेर्ना गर्दै आफ्नो कलाको फड्को मार्न, नेपाली समुदायलाई एकै ठाउँमा ल्याउन र महिला दिदीबहिनीको सामाजिक भूमिका अभिवृद्धिमा योगदान पुर्याएका छन् । 

एनसीसीको जम्मा सदस्यता संख्याः ४४८
राष्ट्रिय अधिवेशनको मिति: २८/०६/२०२१
प्रति व्यक्ति सदस्यता शुल्क: ९ USD (२०० KC)
NCC Czech registration: Yes

रुस र युक्रेनबीचको युद्धमा प्रभावित नेपालीको उद्दारमा NCC Cz को हातेमालो

रुस र युक्रेनबीचको युद्धमा अचानक र अकल्पनीय युद्द सुरु भए सँगै झण्डै ५ सय नेपाली प्रभावित भएका थिए । त्यतिबेला ICCको उद्धार कार्यमा एनसीसी पोल्याण्ड, जर्मनस्थित नेपाली दूतावास र धेरै छिमेकी राष्ट्रहरू संलग्न भएका थिए। रुस युक्रेन द्वन्द्वका कारण युक्रेनबाट विस्थापित नेपालीहरुको उद्धार तथा सहयोगको लागि १२ मार्च २०२२ मा डा. बद्री केसी को सम्योजकत्वमा उच्चस्तरीय समिति बनेको थियो । उक्त समितीमा जर्मनीका लागि नेपाली राजदूत HE राम काजी खड्का, रोमनियाका लागि नेपाली कन्सुलर डा. नवराज पोखरेल, एनआरएनए केन्द्रीय उपाध्यक्ष तथा सह–कोषाध्यक्ष लोकप्रसाद दाहाल, समितीका सदस्य-सचिव डा चिरञ्जीवी खड्का, मिडिया कमिटी संयोजक चिरन शर्मा, एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारी, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनआरएनए स्वीट्जरल्याण्डका अध्यक्ष शुभा एल्मर लामा, एनआरएनए चेकका अध्यक्ष यदुराम पन्थी, एनआरएनए फ्रान्स, एनआरएनए जर्मनी, एनआरएनए पोल्याण्ड, एनआरएनए रोमानिया, एनआरएनए हंगेरी, एनआरएनए स्लोभाकियालगायतका अध्यक्ष तथा पदाधिकारीहरुले महत्वपूर्ण योगदान गरेका थिए । उक्त समितिले द्वन्द्वबाट उत्पन्न हुने विभिन्न व्यावहारिक, सामाजिक, कानुनी तथा अन्य समस्याका बारेमा छलफल र र field-rescue सम्पन्न गरेको थियो । घटनास्थल र बस्ती स्थल (poland) मा एनसीसी Cz बाट आईसीसी सदस्य डा. चिरञ्जीवी खड्कार र पूर्व अध्यक्ष तथा आईसीसी सदस्य छत्र अधिकारी प्रतक्ष उपस्थित भएर उद्दरमा, रिपोर्टिङ र सम्पर्क समन्वयम महत्त्वपूर्ण सहयोग गर्नुभएको थियो ।

NCC Cz का मुख्य समस्या समाधान:

1. समस्या: पूर्ण कागजातका लागि बर्लिन जानुपर्छ: दूतावास र कन्सुलर दुवैको अनुपस्थितिमा, सबै कागजी कार्यहरू (राहदानी, कन्सुलर सेवा, कागजात प्रमाणीकरण, उत्तराधिकारीको नाम आदि) को लागि बर्लिन जानुपर्ने।
समाधान: दूताबासको घुम्ती शिबिर कम्तिमा बर्षको २ पटक हुनुपर्ने (हाल बर्षको एकपटक चाहिं " भईरहेको छ)

2.समस्या: सरकारसंग सम्बन्धित कूटनितिक सम्बन्धका र नेपालीलाई चेक सरकारसँग जोड्ने सामान्य काम गर्न पनि गाह्रो हुने। समाधान: कन्सुलर कार्यलयको स्थापना।

3.समस्या: नेपालबाट कामदार र आउन बन्दः दिल्लीस्थित चेक दुताबासले नेपालबाट कामदार आउन अघोशित रुपमा बन्देज लगाए संगै यहाँ रेस्टुरेन्ट ब्यवसाय गर्ने ब्यबसायीहरू अत्यन्तै समस्यामा परेका छन।
समाधान: कूटनितिक पहल।

4.समस्या: कम्पनी कामदारले भोगेका समस्याः सरकारद्वारा कूटनितिक नियोगको अभावमा आवश्यक अनुगमन हुन नसक्दा यहाँ कम्पनीमा काम गर्ने नेपालीहरूले श्रम शोषण, कामदारको सुरक्षामा अनदेखा, बसोबासमा समस्या लगायत समस्या भोग्नु परेको छ।
समाधान: कूटनितिक नियोगको अनुगमन 

Photo Gallery