VISA Process : Traveling from Nepal to Czech
"For visa staying longer than 90 days has to be applied from Czech Embassy in New Delhi !"
For general information of LONG-TERM RESIDENCE PERMIT:
Visit: https://www.mvcr.cz/mvcren/article/third-country-nationals-long-term-residence.aspx
The purpose of "studies"
The purpose of "scientific research"
The purpose of "seeking employment"
The purpose of "employment"
The purpose of "business"
The purpose of "family reunification"
The purpose of "investment"
EU Blue Card
Green Card
"EC long-term residents" in other EU member states and their family members
Extending a long-term residence permit
Changing the purpose of long-term residence
A visa for the purpose of collecting a residence permit - D/VR
VISIT VISA
VISIT भिषामा आउँदा आवश्यक पर्ने कागजात/प्रकृयाहरू:
नेपाली राहदानीको प्रतिलिपी
चेक गणतन्त्रमा आउने, बस्ने र फर्कने समुर्ण विवरण समेटिएको travel report को पूर्ण history देखिने कागज ।
Czech मा आफु बस्ने accommodation बूकिङ गरेको प्रमाण देखिने कागजात ।
Travel लाई पुग्ने गरी (Czech/Europe मा बस्ने अबधी हेरेर) bank balance को slip ।
Czech बाट कसैले निमन्त्रणा गर्दै छ भने उक्त ब्यक्ती को 6 months को bank statement । सँगै letter of invitation (निमन्त्रणा गरेको पत्र) Ceska Pošta/Notary office बाट signature प्रमाणीत गरि पठाउनुपर्ने ।
नेपालमा VFS global को पेज https://visa.vfsglobal.com/npl/en/cze/login मा account बनाएर वा VFS Global को email: info.cznp@vfshelpline.com मार्फत appointment लिने ।
चेक गणतन्त्रको ब्यक्तिगत भ्रमणको लागि लिइने भिसा भ्रमण भिसा (VISIT VISA) हो। यो भिसा छोटो अवधि (बढिमा ९० दिन) का लागि मात्र हुन्छ । VISIT भिसा नेपालबाट VFS ग्लोबल (https://visa.vfsglobal.com/ind/en/cze/) मार्फत आवेदन गर्न सकिन्छ ।
Student VISA
Student VISA लागि कसरी आवेदन गर्ने?"
कलेज खोजी र आबेदन: तपाईंको interested कोर्षका लागि उपयुक्त विश्वविद्यालय खोज्नुहोस । जसमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि कोर्षहरू भएका (study for foreigner students) विश्वविद्यालयहरू खोज्नुहोस् । (vist this website: https://www.findcourse.com/en/highereducation/article/the-best-universities-in-the-czech-republic-for-international-students) यदी छ भने छात्रवृत्तिको option खोज्नुहोस्।
• आवेदनको लागि आवश्यक कागजातहरू र म्याद (deadline) check गर्नुहोस्।
• आवेदन प्रक्रियाबारे जान्नका लागि कलेजको आधिकारिक वेबसाइटमा गएर आवेदन फारम भर्नुहोस् र आवश्यक कागजातहरू अपलोड गर्नुहोस र आबेदन शुल्क तिर्नुहोस । आबेदन शुल्क debit mastercard बाट तिर्न सकिन्छ । सबै documents सहीत आबेदन गरेपछी नतिजाको प्रतीक्षा गर्नुहोस्।
स्वीकृत भएपछि कागजातहरू पठाउने:
तपाईं study को लागि स्वीकृत भएपछि तपाईंलाई super legalized कागजातहरू (+2 को transcript, characterandmigrationcertificate -provisional पर्दैन) पठाउन अनुरोध गरिनेछ । super legalization भन्नाले नेपाल सरकार र चेक/नेपाल दुताबास बाट प्रमाणित गर्नु हो । त्यस्को लागि आवश्यक कागजातहरू राष्ट्रिय शिक्षा बोर्ड र परराष्ट्र मन्त्रालयबाट छाप लगाउनुहोस्।
o First: सानो ठिमीमा रहेको NEB कार्यालयबाट छाप लगाउनुहोस्।
o Second: प्रमाणित कागजातहरू परराष्ट्र मन्त्रालय(त्रिपुरेश्वर) मा लिएर legalization गर्नुहोस्।
o Third: ती कागजातहरू भारतस्थित चेक दूतावास (नयाँ दिल्लीमा: https://mzv.gov.cz/newdelhi/en/ko/news/superlegalization_announcement.html) वा बर्लिन स्थित नेपाली दूतावास (https://de.nepalembassy.gov.np/other-services/) बाट super legalization गराउनुहोस । भारतस्थित चेक दूतावासबाट गर्दा appointment लिनु पर्छ र त्यस्को लागि लामो समय कुर्नुपर्छ । तर ति documents हरु सिधै बेर्लिन स्थित नेपाली दुतावाशमा पठाउनु भो भने तुरुन्तै legalize हुन्छ । तर महत्वपूर्ण कुर के भने berlin बाट legalize गरेका documents थप अन्तिमपटक चेकको प्रागको Consular and Legalisation Services - Tuscany Palace, Hradčanské náměstí 5,118 00 Praha 1, Czech Republic (https://mzv.gov.cz/jnp/en/contacts.html) मा गएर final super legalization गराउनुपर्छ ।
अन्त्यमा, प्रमाणित कागजातहरू आफु accept भएको विश्वविद्यालयलाई पठाउनुहोस ।
दूतावासमा भिसाको लागि आवेदन
सामान्यतया तपाईं accept भएको विश्वविद्यालयले नै तपाईंको VISA को लागि appointment लिदिन्छ, वा विश्वविद्यालयको student mode () बाट आँफै गर्न सक्नुहुन्छ। तर यदी विश्वविद्यालयले उक्त सुविधा प्रदान गर्दैन भने long-term residence permit (VISA) को लागि आँफै embassy मा email लेखेर समय लिनुपर्छ । समयको बारेमा जानकारी यहाँ पाउन सक्नुहुन्छ।
• दूतावासमा पेश गर्न आवश्यक कागजातहरू तयार गर्नुहोस । विद्यार्थी भिसा आबेदन गर्नका लागि embassy मा तलका कागजातहरू आवश्यक हुन्छन्:
एक आवेदन फारम (green application form)
अध्ययनका लागि स्वीकृति पत्र (University ले पठाको original)
पासपोर्ट
पासपोर्ट साइजका फोटोहरू
Bank statement (छात्रवृत्ति पाएको भए त्यस्को प्रमाण)
आवास (accommodation) paper (चेक भाषामा)
Police report (Czech भाषामा translate गरेको)
यी कागज सहित appointment day मा embassy जानुहोस् र VISA apply गर्नुहोस् । तपाईं स्वीकृत भएपछि मेल, आउछ । त्यस्पछी एक-वर्षको चेकको स्वास्थ्य बीमा (medical insurance) र तपाईंको पासपोर्ट लगेर VISA छाप हानुहोस ।
चेक गणतन्त्रमा अध्ययन गर्न आबश्यक पर्ने VISA विद्यार्थी भिसा (VISIT VISA) हो ।
Business VISA
चेक गणतन्त्रमा व्यवसाय गर्न चाहने third-country का नागरिकहरूले business VISA मार्फत long-term residence permit लिन सक्छन । Business VISA तपाईं चेक गणतन्त्रमा व्यवसाय गर्न जाने भएमा, वा स्वरोजगार हुने भएमा, वा लामो समयको लागि सरकारी कामकाजको लागि चेक बस्नुपर्ने छ भने लिन सकिन्छ । Business VISA मार्फत पाइने permit बाट तपाईं unlimited ties चेक गणतन्त्रबाट बाहिर जान र पुन: प्रवेश गर्न सक्नुहुनेछ। यो VISA बाट तपाईं Schengen Area भित्र भ्रमण गर्न पनि सक्नुहुनेछ । More detail will be updated...!
Dependent (Family Reunification) VISA
Family भिषामा परिवार ल्याउदा आवश्यक पर्ने कागजातहरू:
नेपाली राहदानीको प्रतिलिपी ।
बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपी (परराष्ट्र मन्त्रालयले प्रमाणीत गएको हुनुपर्ने) ।
नाता प्रमाणीत गरिएको कागजात (परराष्ट्रमन्त्रालयले प्रमाणित गरेको हुनुपर्ने ) ।
पुलिस रिपोर्ट (परराष्ट्रमन्त्रालयले प्रमाणति गरेको हुनुपर्ने) ।
बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्र (परराष्ट्रबाट छाप लगाएको हुनुपर्ने)।
T.R.C/PR (टिआरसी/ पि.आर) कार्डको प्रतिलीपी ।
आफु बस्ने घरको ठेगाना सहितको घरको कागजात (Ceska Pošta बाट प्रमाणीत गरिएको)
बैंकमा जम्मा बचत रकम (Bank Balence) सतरी हजार (70,000) भन्दा माथीको देखाइएको बैंकको कागजात ।
नोट: निवेदन पेश गर्दा चेकमा भएको व्यक्तिको तीन महिनाको मासिक तलब कम्पनीबाट बनाएर पेस गर्नुपर्दछ, जुन आफूले कामगर्ने कम्पनिले बनाइदिन्छ । कम्पनीको आफ्नो contract पेपरलाई Post office मा गएर प्रमाणित गर्नुपर्दछ । कम्पनीले आफूलाई दिएको कुल स्यालरीको पेपर पनि प्रमाणित गरेर समिट गर्नुपर्दछ । साथै, आवेदन फारम भर्नुपर्दछ ।
Employ-Card
Employ-Card भिषामा apply गर्दा आवश्यक पर्ने कागजातहरू:
Info in this section will be updated...!
High-skilled VISA मा आवश्यक पर्ने कागजातहरू:
High - Skilled VISA
पहिले चेकमा तपाईंले गर्ने उच्च-योग्यतापूर्ण काम/उच्च शिक्षा अध्ययन गर्ने ठाउँँ खोज्नुहोस्। त्यस्को लागि आवश्यक आवेदन
पत्रहरू जस्तै CV, academic documents लगायत आवश्यक कागजातहरूस पेश गर्नुहोस्।
तपाईं जागिर/उच्छ शिक्षाको लागि स्वीकृति पत्र र accommodation proofप्राप्त गरेपछी नेपाल को लागि चेक दुताबास New Delhi मा भिसा आवेदन गर्नका लागि email पठाउनुहोस् ।
आवेदन गर्दा, आफ्नो पासपोर्टको प्रतिलिपि, स्वीकृति पत्र र बसोबास प्रमाण पत्र पठाउनुहोस ।
जब तपाईंले बायोमेट्रिकको लागि appointment पाउनुहुन्छ, दूतावासमा जानुहोस्।
त्यही समयमा दूतावासबाट तपाईंको academic domumets (highest level को transcript र certificate) superlegalize गर्नुहोस्। यसका लागि पहिले निम्नलिखित चरणहरू पुरा गर्नुहोस् :
-legalize गर्ने प्रमाणपत्रको प्रतिलिपि बनाउनुहोस्।
-तपाईंको परीक्षा बोर्डबाट legalize (stamping) गर्नुहोस्।
-शिक्षा मन्त्रालयबाट पनि legalize (stamping) गर्नुहोस्।-VISA आवेदनपछी, दूतावासले तपाईंलाई १ देखी ३ महिनामा भिसा प्रदान गर्दछ। तपाईंको पासपोर्ट देखाएर भिसा लिनुहोस्। तपाईंलाई embassy ले जम्मा ३ महिनाको VISA दिन्छ ।
-अनी चेक आएर तपाईंले long-term Residence Permit का लागि आवेदन गर्नुहुनेछ ।नोट: यो VISA आवेदन प्रक्रियामा तपाईंले बैंक ब्यालेन्सको जस्ता कुनै आर्थिक कागजातहरू देखाउनु पर्दैन । त्यस्तै airport immigratoin office मा पनि तपाईंले प्रवेश गर्दा देखाउनु पर्दैन । साथइ NOC letter पनि चाइदैन ।
चेक गणतन्त्रमा उच्चस्तरिय कामहरु (high-skilled working) को लागि विदेशी कर्मचारीहरूलाई रोजगारी दिने उद्देश्यले high-skilled VISA छुट्टाइएको छ ।
तपाईं चेक गणतन्त्रमा आएको पहिलोपटक र त्यसपछी के के कुरामा ध्यान दिने ?
Registration after arrival: तपाईं चेक गणतन्त्रमा पहिलोपटक आएको ३ दिनभित्र प्रहरी विभाग (Foreign Police) लाई तपाईं आएको जानकारी गराउनुपर्छ । त्यसको लागि तपाईं Foreign police को वेबसाइटबाट फारम डाउनलोड गर्न सक्नुहुन्छ। यदी तपाईं बस्ने (होटल/ होस्टेल…) ले तपाईंको आगमन जानकारी गरएको भए तपाईंले गर्नु पर्दैन।
सुरुमा India बाट Long-term residence permit मा apply गर्दा पनि जम्मा ३ महिनाको VISA दिने भएकोले तपाईंले चेक आइसकेपछी Long-term residence permit apply गर्न आवश्यक छ जतिबेला तपाईंको बायोमेट्रिक डाटा (fingerprint) दिनुपर्छ ।
यदी तपाईंको passport/TRC मा नाम, थर, nationality, परिवर्तन गर्नुपरेमा वा नयाँ passport लिएमा, केही data परिवर्तन भएमा ३ दिन भित्र ministry of interior (MOI) मा जानकारी गराउनुपर्छ। VISIT भिसामा आएकोले केही परिवर्तन भएमा police office मा जानकारी गराउनुपर्छ।
Accommodation address परिवर्तन गरेमा गरिएको दिनबाट ३० दिनभित्र police office मा जानकारी गराउनुपर्छ ।
यदि तपाईंको Residence permit/passport हराएमा वा क्षति भएमा वा यसलाई चोरी भएमा तुरुनुन्तै प्रहरीलाई जानकारी दिनुपर्छ।
तपाईं चेक गणतन्त्र सधैंको लागि छोडेर जान चाहनुहुन्छ भने छोड्नु भन्दा कम्तिमा ३ दिन अघि police लाई जानकारी गराउनुपर्छ ।
प्रहरी checking मा प्रहरीले माग्दा passport वा residence permit (बायोमेट्रिक कार्ड) वा insurance card अनिबार्य रुप्मा देखाउन सक्नुपर्नेछ । अन्यथा प्रहरी ले पक्राउ गर्न सक्नेछ ।
थप जानकारीको लागि:
https://frs.gov.cz/en/obligations-for-foreigners/obligations-of-third-country-nationals-general-information/