woman holding baby beside man smiling
woman holding baby beside man smiling

सन्तान जन्मसम्बन्धी नियम र व्यवस्थाहरू

"सन्तान जन्माउनु भनेको नयाँ जीवनको सुरुवात हो, जसले परिवारलाई पूर्णता दिन्छ।"

woman injecting woman's arm carrying child

चेकमा बस्दा काम गर्दा कस्तो अवस्थामा बच्चा जन्माउने? के के सुबिधा प्राप्त गर्न सकिन्छ?

Personal Gynecology Doctor (PGD) कसरी दर्ता गर्ने?

हरेक महिला चेक रिपब्लिक आएसी अनिबार्य रुपमा Gynecology doctor (स्त्रीरोग विशेषज्ञ) बनाउनु पर्छ । यो चेक सरकारबाट महिला सम्बन्धित रोग थामको लागि गरिएको पहल हो । Personal Gynecology Doctor (PGD) को registration को लागी ZnamyLekar.cz वा navstevalekare.cz इत्यादि मार्फत सहयोग लिन सक्नुहुन्छ। PGD को मा गएर तपाईंले वार्षिक रूपमा जाँच गर्नुपर्छ। सबै कुरा insuranceले cover गर्चछ ।

गर्भबती भएपछी बच्चा जन्मनु पूर्व के के गर्ने ?

  • तपाईं गर्भवती भएको थाहा पाउने बित्तिकै तपाईंको PGD मा report गर्नुहोस्। उनीहरू तपाईंको गर्भावस्थाको पूरा क्यालेण्डर बनाउनेछन् डेलिभरीसम्म। उनीहरूले तपाईंलाई तपाईंले गर्नुपर्ने सबै कुरा सल्लाह दिनेछन्। उनले नियमित अन्तरालमा जाँच गर्न तपाईंलाई अनुरोध गर्नेछन ।

  • तपाईंको गर्भावस्थाको ३० औं हप्तामा, तपाईंले डेलिभरी गर्न चाहनुभएको हस्पिटलमा दर्ता गर्नुपर्छ।

  • हप्ता ३४ देखि तपाईंको व्यक्तिगत प्रजनन विशेषज्ञ (PGD) बाट सम्पूर्ण जिम्मेवारी त्यो हस्पिटलमा सर्छ । डेलिभरीसंग सम्बन्धित सबै खर्च बीमा ले cover गर्छ ।

  • हप्ता ३५-३८: तपाईंले आफ्नो जन्मने बालकको बाल डाक्टर (pedestrian) बनाउनुहोस् (नभुलिकन )।

  • हप्ता ३५-३८ मा, तपाईंले आफ्नो जन्मने बालक सँग सम्बन्धित हुने सम्पूर्ण कागजातहरु होस्पितल लाई दिनुपर्छ । उदाहरणका लागि, बालको नाम (बच्चाको नाम जन्मनु पहिलेनै राख्नुपर्छ), तपाईंले कसरी डेलिभरी चाहनुहुन्छ (सामान्य वा सिजेरियन), बुवा आमाको विवरण, आदी ।

  • हप्ता ३८-४०: आमा को अस्पतालमा भर्ती।

  • "भिजिटरलाई रातभर बस्न अनुमति हुँदैन। सबै हेरचाह हस्पिटलको नर्सहरूले गर्छन्।"

बच्चा जन्मेपछी के के गर्ने ?

  • Delivery पछी आमा र बालकलाई अस्पतालबाट ३-७ दिनपछि discharge गर्छ ।

  • Discharge पछी २ दिनभित्र अनिबार्य तपाईंको बालकको डाक्टरलाई भेट्नुहोस् (पहिल्यै register गरेको) । उनीहरू तपाईंको बालकको स्वास्थ्यको सबै कुरा बारेमा मार्गदर्शन गर्नेछन । जस्तै, vaccination schedule।

  • Discharge को एक हप्ता पछि, तपाईंको बालकको जन्म सर्टिफिकेट प्राप्त गर्ने अफिस र बालक बीमा कार्यालयलाई सूचित गर्नुहोस् ।

  • बच्चाको passport को लागि जर्मनीस्थित नेपाल दूतावासमा ११० युरो शुल्क, तपाईंको बालकको पासपोर्टको लागि भरेको आवेदन फाराम,white background मा खिचेको ४ प्रती फोटो (piece by piece नकाटिकन सिंगै), तपाईंहरुको विवाहको प्रमाणपत्रको फोटोकपि, दुवैको passports र नागरिकताको फोटोकपि, र बालकको जन्म सर्टिफिकेट (birth certificate) समेत पेश गरी आबेदन गर्नुहोस् । birth certificate लाई चेक मा translate गर्नुपर्छ र नोटरी पनि गरेको हुनुपर्छ ।

  • तपाईंको बालकको PR / Long term residence permit को लागि तुरुन्त आवेदन गर्नुहोस् । यसको लागि तपाईंलाई पासपोर्टको आउन्जेल कुर्नु पर्दैन । तर पासपोर्ट प्राप्त भएपछि, तपाईंले तत्काल MOI मा पेश गर्नुपर्छ ।

a baby sitting on the floor reading a book

बालक र आमा-बुवालाई के के सुबिधा हुन्छ ?

भिषा: यदि माता वा पिता मध्ये एक को PR छ भने बच्चाको ५ बर्षको PR आउछ अनी नि:शुल्क insurance प्राप्त हुन्छ । PR नभए long-term residence permit नै आउछ र insurance को पनि पैसा तिर्नुपर्छ । सबै डेलिभरी र बालकको health insurance द्वारा cover गरिएको छ।

बिदा : यदि चेकमा आएको २७० दिन वा १ वर्ष कम्पनीमा काम गर्नु भएको भए आमा लाई २८ हप्ता को छुट्टी मिल्छ (लिनै पर्छ): डेलिभरी अघि ६ देखि ८ हप्ता को छुट्टी र डेलिभरी पछि २०-२२ हप्ता को छुट्टी। छुट्टी लिएबापत कम्पनीले Social office सँग मिलेर आमाको सबै बिदाबापत महिनाको ७०% को दरले पैसा पठाउछ । कम्पनीको कामअनुसार यदी खतरा भए (जस्तै chemical) PGDसँग सल्लाह गरी गर्भबती भएको ६ हप्ता देखिनै घर बस्न पाउनु हुनेछ। यदि शरीरमा कुनै कमजोरी अथवा bed rest गर्नुपर्ने भए PGD सँग सल्लाह गरी थप बिदा लिन पाईन्छ । Dependent भिसामा भएका महिलाले दुबै सुबिधा लिन पाउने छैनन ।

-बाबुले २ हप्ता को छुट्टी लिन पाउनेछ (७०% पैसा पाउने गरी । थप बिदा लिन चाहेमा non-paid बिदा लिन पाईन्छ ।

-डेलिभरी पछि २०-२२ हप्ता को छुट्टी (maternityleave) कटिसकेपछि आमा काम गर्न पाउनुछ। Fulltime काम नमिलेमा labor अफिसमा report गरेर पार्ट-टाइमको काम पनि पाईन्छ । यदी काम पाइएन र भिसा पनि सकिदै छ भने dependent भिसामा change गर्न सक्नुहुनेछ ।

आर्थिक: प्रत्येक बालकको जन्म पछि, माता-पिताहरूले ३ लाख ५० हजार चेक कोरुना पाउछन । यो रकम बच्चाको लालन-पालनको लागि चेक सरकार दिएको सुविधा हो। यो पैसा ३ देखि ४ वर्षको भित्र तपाईंको तलबको ६०-७०% का दरले मासिक किस्तामा प्राप्त गर्न पाईन्छ । तर यदी चेक आउने बितिकै (१ वर्ष बुवाआमा दुबै चेक बसेको छैन भने) बच्चाको मात्र पैसा आउनेछ त्यो पनि जन्मेको ६ महिना पछि। त्यसको लागी आमा-बुबा दुबैको भिसा र insurance हुनुपर्छ।

बच्चालाई सुबिधा: बच्चा को लागि शिक्षा निःशुल्क हुने हुन्छ तर आफ्नु लाई चाहिने शिक्षा सामग्री किन्नु पर्ने हुन्छ र अतिरिक्त गतिविधिहरूको पैसा लाग्ने हुन्छ। बच्चा ३ वर्षको भएपछि नजिकको स्कूलले भर्नाको लागि call वा ईमेल गर्न सक्छ वा child डाक्टरले पनि connect गराइदिन सक्छ, वा आँफै भेटर कुरा गर्नु पर्छ।

     नोट: उचित समयमा निम्नलिखित कुराहरू गर्न नभुल्नुहोस्:

  • गर्भावस्थाको ३५-३८ हप्तामा बालकको डाक्टर दर्ता गर्न।

  • डिस्चार्ज भएपछि २ दिनभित्र बच्चाको डाक्टर भेट्न जान।

  • डिस्चार्ज पछि १ हप्ता भित्र बालकको birth certificate office र insurance officeलाई सूचित गर्न।

  • बालकको पीआर / निवास पर्मिटको आवेदन गर्नुहोस्।