Long-term Residence Permit (Temporary Resident Permit - TRC)

भिषा आबेदन/नबिकरण गर्दा आवश्यक पर्ने कागजपत्रहरू :

  1. नेपाली राहदानीको फोटोकपी (photo पेज र अन्तिम पेज)।
    पुरानो टिआरसीकार्ड को फोटोकपी (नबिकरण गर्दा) ।

  2. आफु बस्ने घरको ठेगाना सहितको घरको कागजात (accommodation proof) चेक भाषामा र Ceska posta बाट फोटोकपी प्रमाणीत गरिए‌को ।

  3. कम्पनीको आफ्नो कन्ट्याक्ट पेपर को फोटोकपीलाई लाई Ceska pošta बाट प्रमाणित गरिए‌को ।

  4. कम्पनीले आफूलाई दिएको जम्मा तलब देखिने पेपर पनि प्रमाणित गरेको ।

  5. आवेदन फारम (हरियो फराम) नबिगारिकन भरेको।

  6. Ceska posta बाट २५०० Kc को टिकट (Kolek भनिन्छ)।

  7. यि सबै documents तयार पारेर MOI (ministry of interior) मा लगेर बुजाउने ।

  8. नोटः TRC कार्ड renew गर्दा भिसा सकिनुभन्दा तीन महिना अगाडि नै आवेदन दिन सकिनेछ ।

कस्तो अवस्थामा आवेदन अस्वीकृत हुन्छ?

  1. कस्तो अवस्थामा आवेदन अस्वीकृत हुन्छ?

  2. समय भित्रै आवेदन नदिएमा (जागिर छोडेको ६० दिन भित्रै र पुरानो TRC सकिनु अगाबै)।

  3. सम्पूर्ण आवश्यक कागजातहरू पेश नगरेमा ।

  4. आवेदन फारम (हरियो आवेदन फारम) गलत भरेमा ।

  5. डुप्लिकेट कागजात तथा पोस्ट अफिसमा सत्यापन नगरेको आधारमा कागजात पेश गरेमा ।

  6. प्रायोजनित रूपमा राष्ट्रिय सुरक्षा हानि, सार्वजनिक व्यवस्था मा अव्यवस्था, वा अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई खतरा पुर्याउने रेकर्ड पाइएमा ।

  7. अर्को यूरोपेली देशमा वा बाहिर निरन्तर समय भन्दा बढी बसेमा ।

  8. सरकारलाई तिर्नुपर्ने बीमा र income tax नतिरेको पाइएमा ।

  9. महामारी फैलाउने खतरनाक रोग लागेमा ।

  10. सोध्पुझ गर्दा गलत जानकारी दिएमा ।

  11. आवेदकले कानुन अनुसारको शर्त पूरा नगरेमा ।

  12. TRC प्राप्त गरेपछि देश छोड्ने वा TRC को दुरुपायोग गर्न सक्ने संका लागेमा ।

  13. कानुनलाई धोका दिने, उदाहरणका लागि ठगी विवाह, ठगी परिवारिक प्रमाण (नक्कली बुवा), वा नक्कली ब्यबसायिक सदस्यता प्राप्त गर्ने, आदी गरेमा ।

  14. राष्ट्रको हितमा नदेखिदा ।

PR के हो ?

Permanent Residence (PR)

PR का के फाईदा छन ?

चेक रिपब्लिकमा स्थायी निवास (१० बर्षको लागि) दिइने प्रमाणपत्र (VISA) लाई Permanent Residence Card (PR) भनिन्छ । PR लिनुको अनेक लाभ छन जसले गर्दा तपाईंले चेक रिपब्लिकको नागरिकताको तुलनात्मक level मा अधिकार प्राप्त गर्न सक्नुहुन्छ । यस्ले शिक्षा, चिकित्सा, तथा अन्य सेवाहरूमा प्रतक्ष अधिकार प्राप्त गर्ने माध्यम प्रदान गर्छ । PR एक VISA मात्र नभएर चेकको स्थानिय समाज र सस्कृतिसँग नजिक बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो । 

चेक रिपब्लिकको PR लिंदा निम्नलिखित लाभहरू लिन सकिन्छ :

  1. चेक रिपब्लिकको नागरिकताको तुलनामा अधिकार प्राप्ति हुन्छ । सार्वजनिक सेवाहरूमा पहुँच हुन्छ ।

  2. प्रत्येक २/२ बर्षमा कार्ड रिन्यु गर्नु पर्दैन ।

  3. रोजगारि प्राप्त गर्न / परिवर्तन गर्न सहज हुनेछ।

  4. स्वघोषणा गरि कर तिर्न सकिन्छ जसले गर्दा बेरोजगार हुँदा पनि समस्या हुँदैन । बेरोजगार भत्ता पाईन्छ । सरकारले पनि जागिर खोज्न सहयोग गर्छ ।

  5. रोजगारको लागि सेन्जङ देशहरुमा जान सहज हुनेछ ।

  6. चेक बाहिर लगातार युरोपियन युनियन (EU) भित्र ६ बर्षसम्म र नेपाल वा EU बाहिरका अन्य देशमा १ बर्ष बस्न सकिनेछ ।

  7. सार्बजनिक स्वास्थ बिमा प्राप्त हुनेछ, जसले स्थानिय मान्छेसरह स्वास्थ सुबिधा प्राप्त हुने, युरोपियन युनियन भर मान्य हुनेछ ।

  8. बच्चाहरुको जन्म हुँदा अस्पतालहरुमा कुनै रकम डिपोजिट गरिरहनु पर्दैन ।

  9. बच्चाको लागि मासिक २५०० Kč स्वास्थ्य बिमा शुल्क तिर्नु पर्दैन ।

  10. बच्चा र परिवार को लागि ५ बर्षको आवासिय (residence) कार्ड प्राप्त हुन्छ ।

  11. व्यापार/व्यबसाय,घर कर्जा लगायत विभिन्न शिर्षकमा बैंकबाट कर्जा लिन सहज हुनेछ ।

PR कसरी लिने ?

चेक रिपब्लिकको PR आबेदन गर्दा आवश्यक पर्ने कागजपत्रहरू :

  1. 2 x photos- passport size (35x45mm)

  2. नेपाली राहदानीको फोटोकपी (photo पेज र अन्तिम पेज र सबै VISA/flight stamp भएका पेजहरु; २ वा बढी passport भए सबै पस्स्पोर्टको) ।

  3. चेक भाषा (A2 level) pass गरेको certificate । यदी चेक university मा चेक भाषामा पढेको भए (कम्तिमा एक बर्षसम्मको) study confirmationको Certificate भएपनी हुन्छ, भाषा pass गर्नु पर्दैन ।

  4. पुरानो TRC card (long-term residence card) को फोटोकपी ।

  5. आफु बस्ने घरको ठेगाना सहितको घरको कागजात (accommodation proof) चेक भाषामा र Ceska Posta बाट फोटोकपी प्रमाणीत गरिए‌को ।

  6. कम्तिमा ६ महिनाको कम्पनीको कन्ट्याक्ट पेपरको फोटोकपीलाई लाई Ceska pošta बाट प्रमाणित गरिए‌को । (Don't be confused with hosting agreement)

  7. कम्पनीले आफूलाई दिएको जम्मा तलब देखिने पेपर पनि प्रमाणित गरेको (६ महिनाको record company लाई लेख्न लगाएर) । (Ask your HR to issue you "POTVRZENÍ O ČISTÉM MĚSÍČNÍM PŘÍJMU ZA POSLEDNÍCH 6"). तपाईं बिबाहित हो र हाल सँगै बस्नुहुन्छ भने partner को पनि HR ले document बनाइदिनुपर्छ र दुबै documents बुजाउनुपर्छ ।

  8. आवेदन फारम (हरियो फराम) नबिगारिकन भरेको।

  9. Ceska posta बाट २५०० Kč को टिकट (Kolek भनिन्छ) (बच्चाको लागि १००० Kč )।

  10. यि सबै documents तयार पारेर MOI (ministry of interior) मा लगेर बुजाउने ।

      नोट: PR apply गर्ने बेला TRC card को date सकिदै छ भने TRC card पनि apply गर्नुपर्छ । PR apply गरेकै छु भनेर आबेदन नगरि बसेमा चेक बसाइ सकिनेछ ।

PR लिन चेक गणतन्त्रमा 5 वर्ष लगातार बसेको हुनुपर्नेछ । यदी बा वा आमाको PR छ भने चेक गणतन्त्रमा जन्मेका बच्चाहरू वा नेपाल बाटै आएका तर १८ बर्ष मुनीका बच्चा हरु ले पनि सिधै PR लिन सक्नेछन । तर १५ बर्ष मुनिका बच्चा हरुले ५ बर्षको मात्रै पाउनेछन । PR नबिकरण गर्दा उतिनै समयको PR पाइनेछ । १५ बर्षमुनिका बच्चाहरुको Renew गर्दा पनि ५ बर्षको लागि नै renew हुनेछ ।

Citizenship / Passport (Občanství a Cestovní pas)

Citizenship का के फाईदा छन ?

चेक रिपब्लिकको Citizenship लिंदा निम्नलिखित लाभहरू लिन सकिन्छ !

  1. चेक रिपब्लिकमा स्थायी रूपमा बस्ने अधिकार प्राप्त गर्नुहुनेछ।

  2. चेक रिपब्लिकको राजनीतिक र सामाजिक अधिकारहरू प्राप्त हुनेछ।

  3. तपाईं चेक रिपब्लिकको सम्सद सदस्य बन्न सक्नुहुनेछ।

  4. चेक रिपब्लिकमा सरकारी जागिर गर्ने अधिकार प्राप्त गर्नुहुनेछ।

  5. अन्य देशमा सजिलै बस्न र काम गर्न सक्नुहुनेछ ।

  6. अन्य देशमा शिक्षा र कामको लागि महत्वपूर्ण अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

  7. सरकारी योजना र लाभहरूमा शामिल हुन पाउनुहुनेछ ।

  8. नागरिकताको प्राप्ति बाट तपाईंले स्वतन्त्रता र स्वाधीनताको आभास गर्न सक्नुहुनेछ।

  9. तपाईंले चेक को नागरिक को भूमिकामा नेपाल- चेक बिच अंतर्राष्ट्रिय सम्बन्ध स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्नुहुनेछ।

Citizenship कसरी लिने ?

Info. need to be updated...

नागरिकता भनेको कुनै देशको नागरिक हुनु हो। यसले व्यक्तिलाई त्यस देशको नागरिकको अधिकार र प्रतिबद्धताहरू प्रदान गर्दछ। नागरिकता प्राप्तीसङै उक्त व्यक्तिले त्यस देशको कानून र संविधानको पालना गर्नुपर्दछ, साथसाथै त्यस देशको हरेक अधिकारमा बराबरी, समानता र सामाजिक सहभागिता प्राप्त गर्न सक्दछ ।